पोखरा लर्नसमा १३ औ खेलकुद शुभारम्भ

पोखरा, १३ माघ ।
पोखरा ७ माछापुच्छ«े टोलमा रहेको पोखरा लर्नस एकेडेमीमा १३ औ संस्करणको त्रिदिवसिय खेलकुद कार्यक्रम सुरु भएको छ । कार्यक्रमको आइतबार संघिय इकाइ प्रहरी गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक इश्वर बन्धु गौतम, संस्थापक प्राचार्य विधान गौतम, सह प्राचार्य उष्णा गौतमले विद्यार्थिले खेलकुदबाट समेत सुन्दर भविष्य बनाउन सक्ने भनाइ राखे । तीन दिनसम्म फुटबल, ह्याण्डबल, दौड, रस्साकस्सी, कबड्डी, बेलुन फुटाई, तातो आलु लगायतका खेल सञ्चालन हुने कार्यक्रम संयोजक कृष्ण प्रसाद लम्सालले जनाए । खेलकुद कार्यक्रम मंगलबारसम्म चल्नेछ ।

You might also like

Comments are closed.