पोखरा लेडी जेसिजको आयोजनामा रक्तदान कार्यक्रम

पोखरा ।

पोखरा लेडी जेसिजको आयोजनामा रक्तदान कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने आस्थालाई आत्मा साथ गर्दै रक्तदान जिवन दान, जिवन दान महादान भन्ने मुल नाराका साथ पोखरा लेडी जेसीजले रक्तदान कार्यक्रम गरेको हो ।

पहिलो रक्तदाता पोखरा जेसीजका पुर्व अध्यक्ष जेसिआइ सिनेटर नारायण शर्मालाई क्षेत्रिय रक्तसंचार केन्द्रका अध्यक्ष अर्जुन ज्ञवाली ले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल भोलेन्टियर ब्लड डोनर्स सोसाइटी का अध्यक्ष जितेन्द्र मान शाक्यले स्वच्छ मानिसले प्रत्येक तीन तीन महिनामा रगत दिदा अझ बढि स्वच्छ र निरोगी हुने बताउदै सेवा भावले गरिने जुन सुकै कामले पनि समाजमा सकरात्मक सन्देश दिने बिचार व्यक्त गरे ।

श्रेत्रिय रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोग र क्रिष्टल मन्टेश्वरीको व्यबस्थापनमा आयोजित कार्यक्रममा २२ यूनिट रगत संकलन भएको मिडिया रिलेसन अफिसर सम्झना थापा क्षेत्री ले जानकारी दिईन् ।

पोखरा लेडिज जेसिस २०२० का अध्यक्ष शोभा भुजेल कोअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त शिव सुवेदी , पोखरा लेडिज जेसिका पुर्व अध्यक्ष संगीत पौडेल, लगाएतले रक्तदानको महत्व र उपयोगीताका वारे बोलेका थिए ।लक्ष्मी कुँवरको संयोजनमा भएको कार्यक्रमको संचालन सचिव गायत्री फुयाँल ले गरेकी थिईन् ।

You might also like

Comments are closed.