पोखरा
पोखरा लेडी जेसिजको आयोजनामा भर्चुअल मल्टीच्यापटर वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । १३ वटा शाखाहरुको सहभागिता तथा नेपाल जेसीज स्किल डेभलपमेन्ट कमिटिको सहयोगमा कार्यक्रम भएको हो ।
तालिम र अभ्यासको माध्यमबाट यूवाहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराई समाज रुपान्तरणको लागि सक्षम र सबल नागरिक बन्न प्रेरित गर्ने कार्यक्रम गरिएको अध्यक्ष शोभा भुजेलले जानकारी दिईन् ।
नेपाल जेसीज बर्ष २०२०का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रतियोगिताको बिषय प्रकरण समृद्धिका लागि प्रभाबकारी नेतृत्व रहेको थियो जसमा १२ जना प्रतियोगि थिए ।
पोखरा लेडी जेसीजका पुर्व अध्यक्ष संगीता पौडेल , मिनु श्रेष्ठ कुँवर र सुनयना पलिखे निर्णायक रहेका थिए ।
प्रतियोगितामा जेसीआई बिसहजार का सुकृती घिमिरे प्रथम, , जेसीआई पोखरा लेडी का सम्झना थापा द्धितीय, जेसीआई नारायणघाट का शोभाखर अधिकारी तृतिय र जेसीआई म्याग्दीका अर्जुन पौडेल चौथो भएको मिडिया अफिसर सम्झना थापा क्षेत्रीले जानकारी दिइन् ।
कार्यक्रम संचालन पोखरा लेडी जेसीजका प्रबचनमाला संयोजक जेसी सुनिता गौतमले गरेकी थिईन् ।
Comments are closed.