पोखरा लेडी जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु

पोखरा लेडी जेसिजको सप्ताहव्यापी कार्यक्रम शुक्रबार औपचारिक रुपमा शुरु भएको छ । कार्यक्रमको पहिलो दिन शुक्रबार पोखरा ३ को सभा कक्षमा समद्घाटन एवं प्रतिवेदन तथा प्रस्ताबना लेखन तालिम सम्पन्न भएको छ ।

पोखरा लेडी जेसिज वर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिका का प्रशासकीय अधिकृत शेषनारायण पौडेलले गरे ।

पोखरा वडा नंं ३ को सहकार्यमा संचालित कार्यक्रममा सोही वडाका अध्यक्ष रवीन्द्रबहादुर प्रजू, पोखरा जेसिजका अध्यक्ष सन्तोष शाही, पोखरा लेडी जेसीजका पूर्व अध्यक्षहरु, पोखरा जेसीजका पूर्व अध्यक्षहरु, नेपाल जेसीजका पदाधिकारीहरुको उपस्थिति थियो ।

सचिव लक्ष्मी अधिकारीले कार्यक्रम गरेकी थिइन् भने जेसीज आस्थापाठ बाचन शरु पनेरुले र जेसिज मिसन भिजन सविता आचार्यले गरेकी थिइन् । गायत्री फुयालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

You might also like

Comments are closed.