पोखरा ।
पोखरा लेडी जेसिजले आफ्ना सदस्य तथा अति विपन्न बर्गका व्यक्तीको कोरोना बीमा गरेको छ । पोखरा लेडी जेसिजका ६४ जना सदस्य र विपन्न वर्गका २० जना गरी ८४ जनाको बीमा गरिएको पोखरा लेडी जेसिजका २०२० का अध्यक्ष शोभा भुजेलले जानकारी दिईन् ।
बिशेष गरी डोकोमा तथा बाटोमा बसेर तरकारी तथा फलफुल बेच्ने व्यक्ती धेरै तिर पुग्ने र संक्रमण छिटो हुनसक्ने सम्भावनाका कारण उनिहरुको बीमा गरिएको भुजेलले बताईन् ।
नेपाल ईन्स्योरेन्स मार्फत प्रति व्यक्ती ५० हजार रुपैयाँ बरावरको बीमा गरिएको कोक्षाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिईन् । नेपाल ईन्स्योरेन्सका शाखा प्रमुख प्रतिक्षा कार्की र मार्केटिङ अफिसर सविता बरालले लेडी जेसिजका अध्यक्ष भुजेललाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।





Comments are closed.