पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघका पदाधिकारी र सल्लाहकारहरुको पदस्थापना सम्पन्न

पोखरा, २६ साउन ।

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र सल्लाहकारहरुको पदस्थान कार्यक्रम सम्पन्न भएको छ । साउन १२ गते सम्पन्न संघको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु संघका अध्यक्ष जिवन गुरुङ, उपाध्यक्ष विरेन्द्र केसी, महिला उपाध्यक्ष दुर्गा गुरुङ, महासचिव चोलेन्द्र पौडेल, कोषाध्यक्ष जय कुमार परियार, सचिव मनोज भट्ट र सदस्यहरु अमृत गुरुङ, बेद बहादुर गुरुङ, चन्द्र दर्नाल, कृष्ण गुरुङ, भानुभक्त पौडेल, ठागु गुरुङ र सुरज शाहले पदभार ग्रहण गरेका हुन ।

त्यसैगरी संघका सल्लाहकारहरु शेर बहादुर गुरुङ, रबिन्द्र बहादुर प्रजु, दिपक तिमिल्सिना र हिरा बहादुर पुनले पनि शुक्रबार पदभार ग्रहण गरेका हुन । शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल शाहीले नवनिर्वाचित पदाधिकारी तथा सल्लाहकारहरुलाई पदभार गराएका थिए । सो अवसरमा वोल्दै कास्कीका प्रशासकीय अधिकृत अनिल शाहीले लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघले लोकदोहोरीको संरक्षण संगै आफ््नो पेशालाई मर्यादित बनाएर आफ्नो निती निर्माण गरेको खण्डमा प्रशासनबाट कुनै प्रकारको दुख कष्ट झेल्नु नपर्ने वताए । पोखरामा रहेका सम्पूर्ण दोहोरी ब्यवशायीलाई संगठीत गरि आफुहरुको ब्यवशायको सुरक्षा र प्रवद्र्धनमा संघ लाग्नुपर्नेमा उनको जोडे थियो ।

jutta mela

पदभार ग्रहण गर्दै पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघका नवनिर्वाचित अध्यक्ष जिवन गुरुङले पोखरामा सञ्चालित लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीहरुलाई संगठित गर्दै ब्यवशायको संरक्षण संगै लोकदोहोरीको समेत संरक्षण र प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे । लोकदोहोरी ब्यवशायमा लागेको नराम्रो दागहरुलाई सामाजिक काम मार्फत समाजमा ब्यवशायको बारेमा सकारात्मक प्रभाव पर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने गुरुङको भनाइे थियो ।

उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष अर्जुन गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापति, संघका नवनिर्वाचित सल्लाहकार रबिन्द्र बहादुर प्रजु, लोकदोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकरविरही गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको संचालन युवा ब्यवशायी मनकुमार श्रेष्ठले गरेका थिए ।

You might also like

Comments are closed.