पोखरा वडा नम्वर ८ द्वारा ट्राफिकलाई ‘नो पार्किक स्ट्याण्ड’ हस्तान्तरण

आर्थिक आवाज
पोखरा, १६ पुस । ट्राफिक व्यवस्थापनमा सहज बनाउने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्वर ८ ले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई नो पार्किङ स्ट्याण्ड प्रदान गरेको छ । वडास्तरीय बजेटबाट वडाले ट्राफिक कार्यालयलाई २० वटा नो पार्किङ स्टयाण्ड सहयोग प्रदान गरेको हो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारि मिश्रलाई नो पार्किङ स्टयाण्ड हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले पोखरामा ट्राफिक ब्यवस्थापन चुनौती बनेको बताउँदै नो पार्किङले सहजता बनाउन सहयोग पुग्ने बताइन् ।

ट्राफिक व्यवस्थापनका लागि महानगर, ट्राफिक लगायत निजी क्षेत्रको सहकार्य हुनुपर्नेमा उनले जोड दिइन् । उपप्रमुख गुरुङले पोखराको पार्किङ व्यवस्थापन र ट्राफिक जामलाई न्युनीकरण गर्न ट्राफिकले ल्याउने योजनामा महानगरले सधै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । ‘ट्राफिक व्यवस्थापनमा ल्याउने योजना र भिजनलाई सधै महानगरको साथ सहयोग हुन्छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै सबैको सहयोग र साथको खाँचो रहेको बताए । ‘एक्लैले गर्न सकिदैन सबैको साथ र सहयोग चाहिन्छ । वडाले नो पार्किङ स्टयाण्ड दिएको छ,’ उनले भने, ‘हेर्दा यो सानो भएपनि ट्राफिक व्यवस्थापनमा केही सहजता ल्याउने छ ।’

वडा नम्वर ८ का अध्यक्ष एवं महानगर ट्राफिक व्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालले पार्किङ व्यवस्थापनलाई सहज बनाउन नो पार्किङ स्टयाण्ड हस्तान्तरण गरेको बताए । वडास्तरीय बजेट मार्फत उपलब्ध गराइएको बताउदै ट्राफिक व्यवस्थापन वडाभित्र ठूलो समस्याका रुपमा देखिएका कारण २० वटा स्टयाण्ड हस्तान्तरण गरिएको बताए । वडामा पार्किङको लागि जग्गाको खोजी भइरहेको उनले बताए । महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले ५२ हजारको रुपैयाँमा नो पार्किक स्याण्ड वडाले निर्माण गरेको बताउदै ट्राफिक व्यवस्थापनमा महानगर लागि परेको बताए ।

You might also like

Comments are closed.