पोखरा विजनेस कम्प्लेक्समा आयोजित मोबाइल मेलाको तयारी तिब्र

पोखरा २४ फागुन । पोखराको पृथ्वीचोकस्थित पोखरा विजनेस कम्प्लेक्समा आउँदो चैत्र १ गतेदेखि दोस्रो संस्करणको मोबाइल तथा इलेक्ट्रोनिक्स मेला हुने भएको छ । मोबाइल तथा ईलेक्ट्रोनिक्स क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी र बिक्रीका लागि मेला आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा २० भन्दा बढी मोबाइल ब्राण्डको प्रदर्शनी गरिनुका साथै नयाँ प्रवधियुक्त ईलेक्ट्रोनिक्स सामग्रीहरु प्रदर्शनी गरिने मेलाका संयोजक नवराज बरालले जानकारी दिए । मेला अवधिभर कम्प्लेक्समा पुग्ने ग्राहकका लागि पुराना मोबाइलसँग नयाँ मोबाइल साटेफेरको सुविधा, नयाँ मोबाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको सचिव अमृत बरालले जानकारी दिए ।

‘मेलामा पुग्ने दर्शकहरुमध्ये दैनिक ५ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहार र मेलाको अन्तिम दिनमा १ जना भाग्यशाली दर्शकका लागि फोर जि स्मार्ट फोन पुरस्कार उपलब्ध गराइनेछ,’ सचिव बरालले भने मेलामा मोटोरोला, सामसुङ, मेइजु, कलर्श, लाभा, ओप्पो, माइक्रोम्याक्स लेनोभो, राइट लगायत ब्राण्डका मोबाइल कम्पनीहरुका स्टलहरु पनि रहने नेपाल मोबाइल डिलर्श एसोसियसनका अध्यक्ष शिवराज पहारीले जानकारी दिए ।

चैत्र १० गतेसम्म चल्ने मेलामा ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने र २५ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई नेपाल मोबाइल वितरक संघ र पोखरा इलेक्ट्रोनिक्स डिलर एसोसियसनको सहयोग रहनेछ भने मेलालाई मोटोरोला मोबाइलले मुख्य प्रायोजन गरेको छ ।

You might also like

Comments are closed.