पोखरा विश्वविद्यालयको अस्पताल शिलान्यास

पोखरा ७, चैत्र
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल निर्माण गर्नका लागि विहिवार शिलान्यास गरेको छ । केन्द्रीय कार्यालय हाता भित्र रहेको जग्गामा निर्माण हुने अस्पताल १ सय ५० शैय्याको वन्नेछ ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले विहिवार एक कार्यक्रमका विच अस्पतालको शिलान्यास गरे । शर्माले विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन कठिनाइ भएकोे बताए । उनले भने, ‘आफ्नै अस्पताल नहुँदा पारामेडिकल कोर्सका प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । यसबाट विद्यालय र विद्यार्थी दुवैलाई गाह्रो र खर्चिलो पनि भइरहेको छ ।’ विश्वविद्यालयको आफ्नै अस्पताल बनेपछि सबैलाई सहज हुने दाबी समेत गरे ।

विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टर्न्सिप गराउनका लागि मात्रै बनाउन लागिएको जानकारी दिए । ‘विश्वविद्यालयले आफ्नै मेडिकल बनाउने पहिल्यैदेखि सोचिरहेको हो । त्यसको अनुमति पनि पाइसकेका छौं,’ उनले भने, ‘तर त्यसका लागि हामीले अझै पनि उपयुक्त जग्गा पाएका छैनौ ।

स्वतन्त्र विद्यार्थी युनियन पोविले अस्पताल शिलान्यासको स्वागत गरेको छ । सभापति सुनिल तिमिल्सिनाले स्ववियुको चर्को दवाव र अनसन सफल भएको दावी गरे। “अस्पताल वनेपछी पारामेडिकलका विद्यार्थीहरुले प्रयोगात्मक कक्षाका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालयन आँखा अस्पताल लगायतका अस्पतालमा जानु पर्दैन” उनले भने। स्ववियु पोविको ईतिहास लामो त छैन तर पनि विश्वविद्यालय र विद्यार्थीको हितको लागि ऐतिहासिक काम भएको सभापति तिमिल्सिना वताउछन्।

You might also like

Comments are closed.