पोखरा विश्वविद्यालयको पहिलो स्ववियु सभापति बने तिमिल्सेना (मत परिणामसहित)

भीमपाणि बराल
लेखनाथ, २२ चैत । स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलो पटक भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अनेरास्वियुका सुनिल तिमिल्सेना सभापतिमा विजयी भएका छन् । संस्थापक सभापति बन्न सफल तिमिल्सिनाले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै ८ सय ४५ मत ल्याउन सफल भए ।

सभापति पदका निकतम प्रतिस्पर्धी नेविसंघका डिफान भुजेलले ६ सय १९ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारिका सुधन पन्तले ४९ मत मात्र ल्याए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी अनेरास्ववियुकी बागी कुशुम शिला भट्टले १ सय ४८ र नेविसंघका बागी सुभाष प्रसाद पौडेलले ७५ मत ल्याएका छन् ।

सचिव पदका लागि भएको निर्वाचनमा अनेरास्वियुका सुरज परियारले ९ सय १४ मतका साथ बिजयी भएका छन् भने प्रतिश्पर्धी नेविसंघका नारायण सापकोटाले ५ सय ४० र अखिल क्रान्तिकारीका बिनायक तिमिल्सिनाले १ सय ३० मत प्राप्त गरेका छन् । सचिव पदमा स्वतन्त्र उमेदवार बिनोद भण्डारीले ९७ र अखिल छैठौंका हेमन्त रानामगरले २० मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी प्रकृति दवाडीले ७ सय २१ मतका साथ विजयी भएकी छन् भने प्रतिश्पर्धी नेविसंघका विनिता लामिछानेले ५ सय ३५ र अखिल क्रान्तिकारीकी सामना सुवेदीले ४ सय ४९ मत ल्याएकी छन् ।

खुल्ला सदस्य तर्फ अनेरास्वियुका आशिष केसीको ७ सय ४४, यमुना क्षेत्रीले ८ सय ४३, विनोद बुढाले ७ सय ९८, धनश्याम डुम्रेले ७ सय ७१, सन्देश तिमिल्सेना ७ सय ३७, नरेश खनालले ७ सय ३४ ल्याएका छन् भने नेवि संघको तर्फबाट सरोज साहाले ७ सय ५६ र गणेश रिमालले ७ सय २७ मत ल्याई विजयी भएका छन् ।

You might also like

Comments are closed.