पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई एम्पाएरको साथ

आर्थिक आवाज

पोखरा, ९ फागुन । पोखराको महेन्द्रपुलमा रहेको एम्पायर एजुकेसनले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रमलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै एम्पाएरले वृद्धवृद्धाहरुका लागि दैनिक उपभोग्य वस्तुका साथै औषधी उपचारका सामग्री तथा नगद सहयोग हस्तान्तरण गरिएको प्रवन्ध निर्देशक प्रीया थापाले जानकारी दिइन् ।

संस्थाका कर्मचारीले आफ्नो मासिक तलब वरावरको सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता थापाले व्यक्त गरेकी छन् । संस्थाले अध्ययनको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । व्यावसायिक व्यस्तताका बीच पनि ‘खान पुगोस्, दिन पुगोस्’ नाराका साथ माया र सद्भाव बाँड्ने लक्ष्यले सहयोग गरिएको थापाले जानकारी दिइन् ।

MANASLU

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...