पोखरा वृद्धाश्रमलाई बाटो डट कमको सहयोग

पोखरा,२ फागुन
“युवाहरुमा व्यवसाय र समाज प्रति लगाभ” भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कम डट डट एन पि ले उद्घाटनको अवसरमा वृद्धाआश्रमलाई खाद्यन्न एवं आर्थिक सहयोग गरेको छ । पोखरा–१७ स्थित पोखरा वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई बिहिबार एक कार्यक्रम गरी खाद्यन्न एवं आर्थिक सहयोग गरेको छ ।

आफ्नो व्यवसायलाई ज्येष्ठ नागरिकहरुको आर्शिवादबाट संचालन गर्ने उद्देश्य सहित यस कार्यक्रमको आयोजना गरिएको बाटो डट कमका डाईरेक्टर रमेश पौडेलले बताए । साथै कम्पनीले सामाजिक दायित्व बहन गर्दै र भविष्यमा समेत समाजसेवा र व्यवसायलाई सँगै लाने सोच लिएर कार्यको थालनी गरिएको पौडेलको भनाई थियो । पोखरा वृद्धाआश्रमका संस्थापक अध्यक्ष कुशुम केशव पराजुलीले युवाहरुको नयाँ प्रविधिमुलक काम प्रति खुसी प्रकट गरे ।
कार्यक्रममा बोल्दै बाटो डट कमका संस्थापक अध्यक्ष संसार बरालले विश्व प्रविधिको माध्यमबाट निकै अगाडी बढेको अवस्थामा हामी युवाहरु मिलेर व्यवसाय सँगै समाजलाई सकरात्मक दिशातर्फ उन्मुख गराउने लक्ष्य रहेको बताए ।

उनले आजदेखि बिक्री गरिएका हरेक सामानबाट एक रुपैँया बालबालिका कोषमा हस्तान्तरण गर्ने संकल्प संस्थाले राखेको बताए ।
उक्त संस्था एक अनलाईन विजनेस साईट हो । घरमै बसी बसी फेन्सी, ऐक्सेसरीज, मोवाईल लगायतका सम्पुर्ण सामानहरु अनलाइनको माध्यमबाट अर्डर गर्न सकिने आयोजकको भनाई रहेको छ । सो अवसरमा पोखरा वृद्धाआश्रममा रहनुहुने जयेष्ठ नागरिकहरुलाई दोसल्ला आडाएर सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.