पोखरा सडक महोत्सवमा यसपटक आतशबाजी नहुने

आर्थिक आवाज
पोखरा, १६ पुस । अँग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गर्दै आइरहेको सडक महोत्सवमा इभको दिन वर्षेनी आतशबाजी हुँदै आइरहेको थियो । यस पटक भने आतशबाजी नहुने भएको छ ।

पटका नपड्काउन उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेपछि आतशबाजीबाट रेवान पछाडि हटेको हो । पर्यावरणमा असर गरेको भन्दै नागरिक अगुवा रामबहादुर पौडेलले आतशबाजी गर्न नदिन रिट जाहेर गरेका थिए । अदालको आदेशका कारण यस पटक नयाँ वर्षको स्वागतमा आतशबाजी नहुने रेवान पोखराका महासचिव गणेबशहादुर थापालाई बताए ।

You might also like

Comments are closed.