पोखरा सडक महोत्सव शुक्रबारदेखि

आर्थिक आवाज
पोखरा, ११ पुस । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा यहि पुष १३ गतेदेखी १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखी जनवरी १ सम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बुधबार मुख्य महोत्सव स्थल लेकसाइडस्थित कोमागाने पार्कमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं रहेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्धेश्य रहेको छ ।

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुने रेवानले जनाएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने रेवान पोखरा अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने रेवान पोखरा अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली तथा भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती दिनेछन् । त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले जानकारी दिए । यसैगरी सडकमा मिनि स्टेजका रुपमा ट्रक राखेर लाइभ कन्सर्ट आयोजना गरिने उनले बताए ।

महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच ट्रे रेस प्रतियोगितालगायतका खेलकुदका कार्यक्रम पनि रहेको रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

सडक महोत्सवले नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ बर्ष मनाउन भारतको गोवा जाने प्रचलनलाई रोकेर नेपालमै बस्ने र विदेशीपनि क्रिसमस र नयाँ वर्ष मनाउनका लागि पोखरा आउने वातावरण बनाएको रेवान पोखराका सल्लाहकार सूर्यबहादुर भुजेलले जानकारी दिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...