सडक महोत्सव सम्पन्न, अपेक्षा भन्दा बढी सफल भएको दावी

पोखरा, १७ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सव अनौपचारिक रुपमा सम्पन्न भएको छ । पाँचदिने महोत्सवको औपचारिक समापन भने पछि गरिने रेवान पोखराले जनाएको छ ।

बिगतका वर्षहरुमा जस्तै यसपटक पनि हामीलाई चौतर्फी सहयोग मिलेको रेवान पोखरामा उपाध्यक्ष लक्ष्मण बरालले बताए । महोत्सवको अवधिमा कुनैपनि अप्रिय घटना नघटेको भन्दै उनले खुसी व्यक्त गरे । महोत्सव अपेक्षा भन्दा बढी सफल भएको आयोजकको दावी छ । महोत्सव अवधिमा लेकसाइडका होटल तथा रेष्टुरेष्टहरुमा कारोबार पनि उल्लेख्य भएको बरालले बताए । महोत्सव सफल भएको दावी गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद ज्ञापन गरे । यद्यपी महोत्सवको औपचारिक समापन भने पछिनै गरिने छ । महोत्सवक अवलोकन कर्ता र कारोबारबारे भने रेवान पोखराले आँकडामा जनाएको छैन ।

‘सडकमै खाउ सडकमै नाचौं र सडकमै रमाउ’ भन्ने नाराका अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा आएका दर्शकहरु अन्तिम दिन पनि विभिन्न मनोरञ्जनका साथ ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीमा रमेका थिए । मेलास्थल कोमागाने पार्कमा देवी घर्ती, खुमन अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको लोकदोहोरी समितिका संयोजक समेत रहेका रेवान पोखराका उपाध्यक्ष भिमसेन भुजेलले बताए । अन्तिम दिन कन्र्सटमा आशिष राना लाहुरे, ड्रिर्मश लगायतका व्याण्डहरुको प्रस्तुती रहेको थियो ।

आइतवार बेलुका अंग्रेजी नयाँ वर्ष मनाउन लेकसाइड पुग्नेको ओइरोले लेकसाइडको ३ किलोमिटर सडक भरिभराउ भएको थियो । यसै विच मध्यरात १२ बजे आतिसवाजी सहित भव्य कार्यक्रम गरि अङग्रेजी नयाँ वर्षको स्वागत गरिएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले जानकारी दिए । महोत्सवमा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएका थिए । महोत्सवमा विभिन्न मनोरञ्जनात्क खेलकुद कार्यक्रम, रत्यौली प्रतियोगिता लगायतका कार्यक्रमहरु प्नि समावेश गरिएको थियो । महोत्सवमै राखिएको सुन्तला प्रदर्शनीलाई यसपटक अवलोकनकर्ताहरुले रुचीका साथ लिएको रेवान पोखराले जनाएको छ ।

You might also like

Comments are closed.