पोखरा सिटी रेवानको १८औं साधारणसभा, पर्यटन प्रवद्र्धनमा जोड

आर्थिक आवाज
पोखरा । पोखरा नगर होटल रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको १८ औं वार्षिक साधारण सभा एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले व्यावसायिक हकहितका लागि व्यवसायीहरुबीच एकता आवश्यक रहेको बताए । सिटी रेवानले आन्तरिक तथा बाह्य पर्यटनका क्षेत्रमा योगदान पु¥याएको बताउँदै उनले सेवालाई थप प्रतिस्पर्धी र परिमार्जन गर्नुपर्ने धारणा राखे ।

पोखराका होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई समेटेर संस्थाले आगामी दिनमा थप रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने अध्यक्ष दीपक तिमिल्सिनाले बताए । ‘गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष मनाइरहँदा सिटी रेवानले पनि पर्यटनका क्षेत्रमा ठूलो योगदान पु¥याउन सफल भएको छ,’ उनले भने, ‘सिटी रेवानले वर्षेनी आयोजना गर्ने महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ ।’ थप परिस्कृत गरेर यस वर्ष पनि मेला आयोजना गर्ने तिमिल्सिनाले बताए ।

कार्यक्रममा पोखरा सिटी रेवानका पूर्व अध्यक्ष केपी शर्मा, कानुनी सल्लाहकार जगन्नाथ ढकाल, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष हरि पाण्डे, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारी, लोक दोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरूङ, सिटी रेवानका सल्लाहकार पार्वती जिसी, वरिष्ठ उपाध्यक्ष धर्मबन्धु सुवेदी, महासचिव जीवन दाहाल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.