पोखरा सेन्ट्रल सिटीको नेतृत्व चेतन कार्कीलाई

पोखरा, ८ वैशाख । लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको अध्यक्षमा युवा व्यवसायी चेतन कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचन कार्यक्रमबाट लायन वर्ष २०१९÷२० का लागि सर्वसम्म नयाँ नेतृत्व चयन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा राजेश सिल्पकार, द्वितीय उपाध्यक्षमा उपेन्द्र शर्मा अधिकारी, तृतीय उपाध्यक्षमा सुमनराज ढकाल, सचिवमा अर्जुन पौडेल, सहसचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सन्तोष पोख्रेल, सहकोषाध्यक्षमा शिव पौडेल चयन भएका छन् ।

प्रमुख प्रशासकमा भानुभक्त बराल, पब्लिक रिलेसन अफिसरमा डिल्लिराम अधिकारी र आर्थिक प्रशासकमा शिव ढकाल निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए । सिनियर एडभाइजर चन्डि प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा तथा निबर्तमान अध्यक्ष मनोज खड्काको संयोजकत्वमा निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

You might also like

Comments are closed.