‘पोखरा स्काइ स्पोर्टस’ शुभारम्भ, हाइजेनिक परिकारको साथमा दृश्यावलोकनको सुविधा, फुटसलदेखि बारको मज्जा

आर्थिक आवाज
पोखरा, २६ मंसिर । पोखरा भाटभटेनीको माथिल्लो तलामा खुलेको स्काइ स्पोर्टसको औपचारिक शुभारम्भ भएको छ । शुक्रबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङले स्काई स्पोर्टसको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै मुख्य मन्त्री गुरुङले युवाहरुको सक्रियतामा सञ्चालनमा आएको स्काई स्पोर्टस पोखराका लागि राम्रो लगानी भएको बताए । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले व्यवसायमा निरन्तरता आवश्यकता पर्ने भन्दै गुणस्तरीय र ग्राहकमैत्री सेवा प्रदान गर्न आग्रह गरे ।

भाटभटेनीको छतमा अत्याधुनिक सेवा सुविधासहित स्काइ स्पोर्टस सञ्चालनमा ल्याएको हो । स्काइ स्पोर्टसमा फुटसल, टेनिस, जिम, रेष्टुरेण्ट, बार, क्याफे लगायतका सेवा दिइने पोखरा स्काइ स्पोर्टसका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । स्काइ स्पोर्टसमा लन टेनिस, जिम, जुम्बा, कार्डियो, साउना, स्टिम, ज्याकोजी, पुल हाउस लगायतका सेवा पनि दिइने उनले बताए । उनका अनुसार स्काइ स्पोर्टसमा भर्चुअल रियालिटी र प्ले स्टेशनको पनि सुविधा छ ।

स्वस्थ जीवनशैली अपनाउनका लागि पोखरेलीलाई सघाउन स्काई स्पोर्टस खोलिएको सञ्चालक हर्कराज गुरुङ ‘भाइ’ले बताए । यो कन्सेप्ट नेपालकै पहिलो र नमूना हुनसक्ने उनको दावी छ । स्काई स्पोर्टसको सेवा लिन कार्ड लागू गरिएको छ । पोखरा वरपरको दृश्यावलोकनका लागि पनि पोखरा स्काई स्पोर्टस उचित गन्तव्य बन्ने लगानीकर्ताहरुको विश्वास छ ।

युवा लक्षित गरेर सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन प्रकारको कार्ड लागू गरिएको स्काई स्पोर्टसका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । तीन प्रकारको कार्डमा एक महिनादेखि एक वर्षसम्मको प्याकेज रहेको उनको भनाई छ । ८ सयदेखि एक लाख ५० हजारसम्मको प्याकेज रहने यी कार्डहरु मध्ये गोल्ड कार्डमा १० प्रतिशत, सिल्भरमा ७.५ प्रतिशत र प्लाटिनममा १५ प्रतिशत छुट दिइने उनले बताए ।

कार्डमा खेलसँगै खानामा पनि प्याकेज सहितको छुट रहेको स्काइ स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत सुदीप दवाडीले जानकारी दिए । पोखरा स्काई स्पोर्टसमा सुरज गुरुङ, पप संगीत क्षेत्रमा चर्चित लेकाली व्याण्डका भोकलिष्ट हर्कराज गुरुङ ‘भाई’, सुदीप दवाडी, ओमकुमार लामा, शंकर भुजेल, आशिष गुरुङ र शरद पाठकको लगानी छ । स्काई स्पोर्टसको उद्घाटन कार्यक्रम शनिबार र आइतबारासम्म जारी रहनेछ ।

You might also like

Comments are closed.