पोखरा स्टकद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

आर्थिक आवाज
पोखरा, २२ मंसिर । लायन्स क्लब अफ पोखरा स्टकले लेखनाथ ३१ लामास्वाँरास्थित इन्द्रेणी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक रमेश कर्माचार्यले जानकारी दिए । न्यानो कपडासहित स्टेसनरी र खेलकुद सामग्री पनि सहयोग गरिएको क्लबले जनाएको छ ।

रिजन चियरपर्सन नारायणहरि भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै उनले क्लबले राम्रो काम गरेको भन्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

क्लबका अध्यक्ष परमेश्वर बस्ताकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी रमेश बञ्जारा, प्रधानाध्यापक मित्रलाल तिमिल्सिना, शिक्षक डिबी गुरुङ, क्लबका पूर्व अध्यक्ष गोकुल रिमाल, सचिव राजुकुमार शर्मा, सदस्य नगेन्द्रप्रसाद शर्मा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.