पोखरा स्टील फेब्रिकेटर्स एशोसिएसन कास्कीको १८ औं साधारणसभा सम्पन्न

 

पोखरा, १ असोज ।

पोखरामा रहेका आल्मुनियम ,कक स्टील र फलाम सम्बन्धि काम गर्ने व्यावसायिहरुको संस्था पोखरा स्टील फेब्रीकेटर्स एशोसिएसन कास्कीको १८ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति यामप्रसाद पौडेलले व्यावसायिलाई परेका समस्या र चुनौतीको जानकारी गराउँदै कार्यक्रममा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार दिपेन्द्र बस्ताकोटीले अबैध उद्योगले गरेका गुणस्तरहिन काम र अस्वस्थ प्रतिस्पर्धा प्रती आफ्नो चिन्ता र चासो रहेको बताए । पोखरा हार्डवयर एसोसिएसन कास्कीका अध्यक्ष राजेश गुप्ताले सामान ढुवानिमा आउने ट्राफिक समस्याको समाधानको लागि राज्यले चासो लिनुपर्ने कुरा औंल्याए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग ,पर्यटन ,वन तथा बाताबरण मन्त्री बिकाश लम्सालले प्रदेश सरकार उद्योगी व्यावसायिहरुको समस्या निराकरणको निम्ति कटिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा संस्थाका मानार्थ सदस्य नारायण बास्तोलाले मर्मस्पर्शी औद्योगिक कबिता बाचन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा, नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइराला , पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारी , पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजु , महासचिव दामु अधिकारी, लगायतले बोलेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका बरिष्ठ उपाध्यक्ष ऋषि गिरीले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिव बासुदेब पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.