पोखरा हार्डवयर एसोसिएसनमा आचार्य

आर्थिक आवाज
पोखरा, १३ असोज । पोखरा हार्डवयर एशोसियशन कास्कीको अध्यक्षमा कृष्ण मुरारी आचार्य (वनमाली) निर्वाचित भएका छन् । शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिस्ठ उपाध्यक्षमा पृथ्वी राज तिमिल्सिना, उपाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा अर्जुन बहादुर थापा, कोषाध्यक्षमा शंकर ओझा, सचिवमा होमनाथ निरौला निर्वाचित भएका छन् ।

सदस्यमा कृष्णप्रसाद कोइराला, राजेन्द्र भण्डारी, बिनोद केसी, प्रकाश चन्द्र घिमिरे र चन्द्रप्रसाद अधिकारी निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष राजेशकुमार गुप्ता पदेन सदस्य रहनेछन् ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिदै आचार्यले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.