पोखरा १० माछापुच्छ्रे टोलका महिलालाई मादल बजाउने तालिम

पोखरा, २३ जेष्ठ ।

महिलाहरुलाई लक्षित गरी पोखरा १० माछापुच्छ्रे टोलमा एक महिने मादल बजाउने तालिम सुरु भएको छ । माछापुच्छ्रे महिला समुहको आयोजना, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा माछापुच्छ्रे टोल बिकास संस्थाको सहयोगमा महिलाहरुलाई लक्षित गरी मादल बजाउने तालिम शुरु भएको हो ।

मादल बजाउने तालिमको उद्घाटन गर्दै प्रदेश नम्बर ४ की सांसद मित्र कुमारी गुरुङ सुबेदीले महिलाहरुको ब्यक्तित्व बिकासका लागी मादल बजाउने तालिमले महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन थप मदत गर्ने वताइन् । सुवेदीले महिलाहरुलाई सवल र सक्षम बनाउनका लागी पुरुषहरुको साथ र सहयोग जरुरी रहेको वताउदै टोलमा रहेका महिलाहरुको जीवनस्तर उकास्नका लागी आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइन् ।

कार्यक्रममा टोल बिकास सस्था नगर समन्वय समिति अध्यक्ष पवित्रा गुरुङ, महिला समन्वय समिति पोखरा लेखनाथ महानगरपालिका–१० की अध्यक्ष निर्मला कार्की भण्डारी, माछापुच्छ्रे टोल बिकास सस्थाका सस्थापक अध्यक्ष तथा माछापुच्छ्रे महिला समुहका सल्लाहकार राजु श्रेष्ठ, यूनाइटेड क्लबका अध्यक्ष सुक बहादुर गुरुङ, कामना टोल महिला समुहकी अध्यक्ष सीमा गुरुङ लगाएतले तालिमको सफलताको कामना गरेका थिए ।

माछापुच्छ्रे महिला समुहकी अध्यक्ष शुसीला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाकी सल्लाहाकार ब्रह्माकुमारी गोमाले स्वागत मन्तव्य राखेकी थिइन भने सस्थाकी सचिब जुना बोहोराले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

१ महिनासम्म चल्ले तालिममा टोलमा आवद्ध ३० जना महिला दिदिबहिनीको सहभागिता रहेको छ । तालिममा सहभागीहरुलाई प्रशिक्षकद्धय बिमल गायक र जयराम चापागाईले प्रशिक्षण दिनेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.