पोखरा १४ का याम र कविता, जसले दिए चैत महिनाको घर भाडामा छुट

पोखरा । पोखरा १४ औद्योगिक क्षेत्रका याम गुरुङ र कविता गुरुङले चैत महिनाको घरभाडा छुट दिएका छन् । उनको घरमा २ वटा परिवार भाडामा बस्छन् ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि आर्थिक मन्दी आएको अवस्थामा घरभेटीले घर भाडामा छुट दिएका हुन् । गुरुङ दम्पत्ती हाल हङकङमा बस्दै आइरहेका छन् । छुटका कारणले आफूहरुलाई राहत भएको घर भाडामा बस्दै आएकी तारा पौडेलले जानकारी दिइन् ।

You might also like

Comments are closed.