पोखरा–१ मा वालमञ्च गठन

पोखरा, १५ वैशाख ।
पोखरा महानगरपालिका वडा नं १ मा बाल भेला सम्पन्न भएको छ । बालभेलाले न्युजबाबु अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडा बाल मञ्च गठन गरेको छ ।

जसको उपाध्यक्षमा पुष्पराज पौडेल, सचिवमा सुचित्रा गौतम, सह सचिवमा प्रिया गुरुङ, कोषाध्यक्ष समृद्धी पोख्रेल, सदस्यहरुमा निशा लामिछाने, सविना पुरी, प्रकास श्रेष्ठ, अमिस तिवारी, विजय परियार रहेका छन् । तिन जना पछि मनोनित गरिनेछ ।

उक्तअवसरमा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको थियो । बालअधिकार, बालमैत्री विद्यालय, बाल क्लब तथा बालमञ्च, वडामा रहेका बालबालिकाहरुको समस्याबारे अभिमुखीकरण एवं कार्ययोजना तयार पारिएको थियो ।

बाबा फाउण्डेशन नेपालको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा भएको अभिभुखीकरण कार्यक्रममा भक्तराज रसाइली र दिपक बि।क।ले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उक्त वडाका वडा सदस्यहरु प्रेमदेवी परियार र रुद्रप्रसाद चुवाँई, वडा कार्यलय सचिव कुलराज पौड्याल, बाबा फाउण्डेसनका सचिव टंकराज अधिकारी, स्पाइरल ग्यालेक्सीका प्रिन्सिपल शिव शर्मा चापागाईलगायतले बोलेका थिए ।

You might also like

Comments are closed.