पोखरा । कास्कीको पोखरा २० मौजामा नालिमा ५ जना पुरिएका छन्। भलाम-मौजा बाटोको रिटेनिङ पर्खाल लगाउने क्रममा उनिहरु पुरिएका हुन्।
७ जना पुरिएकामा २ जनाको भने उद्धार गरिएको पोखरा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए। अन्यको उद्धार जारि रहेको उनले बताए। घटना बिहान ७:३० बजेको हो ।
खिमलाल ओली, गणेश ओली, बिसबहादुर बस्नेत, जोगेन्दर् बुढाथोकी र तोभान बस्नेत पुरिएका छन्। १ जनाको शब भेटिएपनि पहिचान नखुलेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।


Comments are closed.