पोखरा–२८ का स्वास्थ्यचौकीलाई पीपीई सहयोग

 

लेखनाथ ।

पोखरा–२८ कालिकास्थानमा रहेको कालिका हेल्थपोष्ट र माझठाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरुलाई बुधबार पिपिई लगायतका स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरिएको छ ।

काठमाण्डौमा व्यवसाय गर्दै आएका वडा नं. २८ का सुबोध त्रिपाठीले वडा कार्यालयसँग समन्वय गर्दै दुबै स्वास्थ्य चौकीलाई ५ थान पीपीई, १ थान ईन्फ्रारेड थर्मोमिटर, ५ थान पीपीईमा प्रयोग हुने सुरक्षात्मक चस्मा र ५० जोडी ग्लोभ्स सहयोग स्वरुप प्रदान गरेका हुन् ।

कोरोना भाईरसको प्रकोप विश्वभर महामारीको रुपमा फैलीरहेका बेला जोखीम मोलेर अग्रपंत्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा सेवा प्रदान गर्न र अझै हौसला दिने उद्धेश्यले आफुले सहयोग गरेको त्रिपाठीले वताए ।

उक्त स्वास्थ्य सामग्रीहरु वडा नं. २८ का अध्यक्ष निर्मल दियाली र त्रिपाठीले कालिका हेल्थपोष्टका प्रमुख सञ्जु शर्मा र माझठाना स्वास्थ्य चौकीका प्रमुख सत्यराज साँखीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष दियालीले सहयोगका लागि वडाको तर्फबाट त्रिपाठीलाई धन्यवाद व्यक्त गरेका थिए भने स्वास्थ्यकर्मिहरुलाई सहि रुपमा सदुपयोग गर्न आग्रह गरेका थिए । उनले अहिलेको विषम परिस्थितीमा समाजका विभिन्न तहमा सहयोगको आवश्यकता रहेकाले वडासँग समन्वय गर्दै सहयोग हातहरु जुटाउन समेत आग्रह गरेका थिए ।

You might also like

Comments are closed.