पोखरा २९ प्रगतीटोलका ४० विपन्न परिवारलाई राहत

 

पोखरा । पोखरा महानगरपालिका २९ प्रगतीटोलका ४० विपन्न परिवारलाई सोमवार राहत वितरण गरिएको छ ।

कास्की पोखरा आदर्श समाज क्युशु जापानबाट प्रगतीटोल निवासी उक्त संस्थाका अध्यक्ष पुष्प पौडेलको सकृयतामा संकलित रकमबाट संस्थाका उपाध्यक्ष पदम कुमारी सुवेदीको उपस्थितिमा राहत वितरण गरिएको हो ।

प्रगतीटोलमा बसोबास गरिरहेका अति विपन्न , गरीव ,अपाङ्ग, सुत्केरी तथा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गरिरहेका उनीहरु सहित नर्मदेश्वर मोक्षाश्रमलाई १ बोरा गरी २६ बोरा चामल वितरण गरिएको छ ।

स्थानीय विनोद पौडेलले सहजीकरण गरी उक्त व्यवस्था मिलाएका थिए भने राहत वितरण गर्दै पोखरा महानगरपालिका २९ की वडा सदस्य निर्मला पौडेलले कोरोनाको महामारीको बेला यसरी सहयोग गर्ने मनकारीहरुलाई वडाका तर्फबाट धन्यवाद दिएकी थिईन् ।

पोखरा २९ प्रगतिटोलमा मात्रै ४०० घरधुरी रहेका र अझै थुप्रै परिवारलाई राहतको खाँचो रहेकाले यस्तै सहयोग जरुरी रहेको भन्दै प्रगतिटोल टोल विकास संस्थाका अध्यक्ष धर्मदत्त पौडेलले कतैबाट सहयोग जुटे आफूहरुले लक्षित वर्गसम्म पु¥याउने वताएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.