पोखरा ३० विपद व्यवस्थापन समितिमा राजेन्द्र ओझा

लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३० मा विपद व्यवस्थापन समिति गठन गरिएको छ । वडा अध्यक्ष श्रीराम पोखरेलको संयोजनमा बसेको बैठकले लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको हो । २५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिको सदस्यमा कृष्ण अधिकारी, ने का ३० का सभापति निरलाल तझ्या, पदेन सदस्य वडा सचिव दुर्गा न्यौपाने, टोल विकास संस्था समन्वय समिति वडा अध्यक्ष खेम बास्तोला, सचिबव चिरञ्जीवी तिवारी, समाजकल्याण युबा क्लबका अध्यक्ष सरोज भुर्तेल, प्रगतिशील महिला समूह अध्यक्ष विष्णु भण्डारी, लायन्स क्लब अफ तालनगरीका अध्यक्ष केशब तिवारी, कृषि सञ्जालका अध्यक्ष दयाराम तिवारी, गौतम ऋषि सहकारीका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय कास्कीका अध्यक्ष सोमनाथ बास्तोला, शिशुवा सिआरभिका प्रमुख, गगनगौडा शाखाका प्रहरी प्रमुख, मिडियाकर्र्मी शिबराज सुबेदी छन् ।

सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठीले गौतम ऋषि सहकारिको तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनी सहकारीका अध्यक्ष हुन् । सहयोगीदाताहरुले दिएको रकमलाई जानकारी दिन र अन्य सूचना प्रबाहको लागि अबिनास बास्तोलालाई फेसबुक सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

समिति गठन पश्चात वोल्दै अध्यक्ष ओझाले संकलन भएको रकमको सही सदुपयोग गर्दै वडामा हुने कुनै पनि दैबिप्रकोप बिरुद्ध लड्न सक्ने कोष निर्माणमा आफू लाग्ने बताए । समितिको आर्थिक कारोबार पूर्ण पारदर्र्शी हुने पनि उनले बताए । नेकपा ३० का अध्यक्ष कृष्ण अधिकारीले वडा न ३० का जनताको दुःखमा आफू पुर्ण समर्पित रहेको र जनताको गास, बास र कपासको लागि आफू लागिरहने बताए ।

सहजीकरण र सल्लाहको लागि भुगोल अनुसार २५ जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ । समिति गठन प्रकृयामा विभिन्न आमा समूह, टोलविकास सस्था, युवा क्लब र सामाजिक व्याक्तित्वहरु लगायतको सहभागिता थियो । गठन भएको समितिले अर्थ संकलनको लागि व्यक्तिगत, सस्थागत र विभिन्न सामाजिक व्यक्तित्वलाई अनुरोध गर्नेछ । कोषमा जम्मा भएको रकम पोखर ३० मा भैपरिआउने बिपद व्ण्यवस्थापनको लागि खर्च गरिने छ ।

You might also like

Comments are closed.