पोखरा-३३ बर माझथरमा पहिरोले सास्ती

 

पोखरा । मंगलवार राति भएको अबिरल वर्षाका कारण पोखरा- ३३ बर माझथरमा गएको पहिरोले स्थानीयलाई सास्ती  भएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिण छेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो ।

लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षति हुनुका साथै केही घर समेत जोखिममा परेका छन् ।

यसअघिको बर्षाले पटक पटक क्षति पु¥याएको उक्त खण्ड स्थानीयको उद्दार कार्यबाट सुचारु गरिएपनि ठुला सबारीसाधनलाई आवतजावतमा समस्या देखिन्छ । उक्त खण्डको अवस्था र पहिरोको क्षतीवारे ३३ नं वडा कार्यालयमा जानकारी गराउन आएका गणेश थापाले त्यँहाका चारपाँच घर जोखिममा परेका वताए ।

पहिरोका कारण खेतीबाली पुरिंदा सर्वसाधारण समस्यामा परेका स्थानीय सन्तोष पौडेलले बताए । यसले सर्वसाधारणको दैनिकीमा पारेको समस्याबारे स्थानीय तहमा जानकारी गराउन आफूहरु वडा कार्यालय आएको र वडाले जोखिम न्युनिकरणमा तत्काल पहल गर्नेमा आशावादी रहेको उनले वताए ।

lcci
You might also like

Comments are closed.