पोखरा ४ लाई वुटिक वडा बनाउन अध्यक्ष बास्तोला सक्रिय, महानगरलाई दिए यस्तो सुझाव (भिडियोसहित)

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले आफ्नो वडालाई वुटिक वडा बनाउने अभियान अगाडि बढाएका छन् । वडालाई वुटिक अवधारणामा अगाडि बढाउँदै उनले सिङगो महानगरलाई बुटिक अवधारणाबाट अगाडि बढाउन सुझावसमेत दिएका छन् ।

स्थानीय स्रोत र साधनको प्रवद्र्धन गरी स्थानीय युवा जनशक्तिको प्रयोग गरी वडालाई वुटिक अवधारणाबाट अगाडि बढाउने गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘स्मार्ट र डिजिटल महानगर दीर्घकालीन सोच हो,’ उनले भने, ‘तत्काल स्मार्ट तथा डिजिटल सिटी सम्भव छैन । तर, वुटिक महानगर बनाउन सकिन्छ ।’

वुटिक अवधारणा अन्तर्गत पोखरालाई चिनाउन पुरानो बजारलाई पुरानै अवस्थामा फर्काउने गरी काम गर्न लागिएको बास्तोलाले जानकारी दिए । ‘काम गर्नका लागि पहिलो चरणमा प्रोफाइल बनाइसकिएको छ,’ उनले भने । उक्त प्रोफाइल महानगर, प्रदेश र केन्द्र सरकारलाई दिइएको पनि बास्तोलाले जानकारी दिए । ‘प्रदेश र केन्द्र सरकारले चासो दिएको छैन,’ उनले भने, ‘महानगरपालिकाले भने आगामी वर्षको नीतिगत निर्णयमा प्राथमिकतामा राख्छ भन्नेमा म ढुक्क छु ।’

Shankar Prasad Bastola, Chairman, Pokhara-4

पोखरा ४ लाई वुटिक वडा बनाउने अभियान, वडा अध्यक्ष बास्तोलाले दिए वुटिक महानगर बनाउन सुझाव ।

Gepostet von Arthik Awaj am Freitag, 5. Juni 2020

वुटिक अवधारणाबाट काम गर्न स्थानीय प्रविण पालिखेको नेतृत्वमा ११ सदस्यीय समिति समेत बनिसकेको छ । पहिलो चरणमा सिद्धार्थचोकदेखि नालाकोे मुखसम्म काम गरिने बास्तोलाले बताए । ‘वडालाई व्यवस्थित गर्न हरेक ठाउँको स्थानीय पहिचानलाई मध्यनजर गरी नयाँ सोचका साथ काम गर्ने योजना हो,’ उनले भने ।

वडालाई व्यवस्थित बनाउने क्रममा ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणासहित काम भइरहेको वडा अध्यक्ष बास्तोलाले जानकारी दिए । ‘स्थानीयको सहयोगमा सटर, च्यानल गेट, गेटहरुमा हरियो रङ लगाउने र सडकको दायाँबायाँ वृक्षरोपण गर्ने काम भइरहेको छ,’ बास्तोलाले भने ।

You might also like

Comments are closed.