पोखरा ८ का विद्यालय सेनेटरी प्याडयुक्त घोषणा

 

पोखरा, पुस १३ ।

prime

विद्यालयमा सेनेटरी प्याड नहुदाँ छात्राहरुले समस्या भोग्नु परेको र विद्यालय समेत छाडने अवस्था सृजना हुने गरेको भन्दै पोखरा महानगर भित्रका शैक्षिक संस्थाहरुलाई सेनेटरी प्याडयुक्त बनाउने अभियान संचालन गरिएको थियो ।

रजस्वला महिलामा हुने प्राकृतिक अवस्था भएकाले विद्यालय गएका छात्राले प्याड नहुने र आफनो समस्या बताउन अप्ठयारो मान्ने भएकाले विद्यालय छाडेर हिड्ने गरेका धेरै उदाहरण छन् । अव विद्यालय गएका छात्राहरुलाई विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराइने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ८ भित्र रहेका सम्पूर्ण विद्यालय सेनेटरी प्याड युक्त वडा घोषणा गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नम्वर ८ भित्र संचालित दुई सरकारी र १६ नीजि विद्यालयलाई प्याड युक्त घोषणा गरेकी हुन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले रजस्वला प्राकृतिक र सामान्य तथा स्वभाविक प्रक्रिया भएको बताउदै त्यसलाई नकरात्मक रुपमा लिन नहुने बताइन् । उनले रजस्वला प्राकृतिक नियम हो, त्यसैले यसलाई नकरात्मक दृष्टिले हैन सकरात्मक रुपमा लिनुपर्ने बताईन् । नेपालमा अझै पनि धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा नकरात्मक रुपमा लिने गरिएको बताइन् । अभियाता सुष्मा पौडेलले कास्कीका शैक्षिक संस्थाहरुमा सेनेटरी प्याडयूक्त बनाउने अभियान सुरु गरेको र अभियान अन्र्तगत अहिले महानगरमा सुरु गरेका् बताइन् । उनले सवै विद्यालका शौचालयमा प्याड व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै सफा शौचालय, खानेपानीको समेत व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्ने बताईन् ।

कार्यक्रममा वडा भित्र रहेका विद्यालयलाई सेनेटरी प्याड राख्ने बक्सा,सेनेटरी प्याड, सावुन लगायतका सामाग्री विद्यालयका प्रतिनिधिहरुलाई उपप्रमुख गुरुङ र वडा अध्यक्ष रुद्रनाथ बरालले हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा सदस्य किरण गौतम, वडा सदस्य कृष्णमान ठुसाजु, जनप्रिय माविका प्रधानाध्यापक बाबुराम पौडेल, शालिकराम अधिकारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.