पोखरेली ट्याक्सी सेवा प्रा.लि.ले गर्यो व्यवसायी तथा चालकको कोरोना बीमा

 

पोखरा ।

पोखरेली ट्याक्सी सेवा प्रा.लि.ले स्वरोजगार व्यवसायी तथा चालकको कोरोना बीमा गरेको छ । १ हजार ४ सय ८८ जनाको बीमा गरिएको प्रा.लि.का कोष प्रमुख सूर्य बहादुर थापाले जानकारी दिए ।

पोडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत प्रा.लि.ले बीमा गरेको हो । प्रति व्यक्ती  ५० हजार रुपैयाँ बरावरको बीमा गरेको अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । छुटेका स्वरोजगार व्यवसायी  तथा चालकलाई बीमामा थप गरिने तिवारीले जानकारी दिए ।

कोरोना संक्रमण बढेसँगै बिमा गराउने क्रम बढेको पोडेन्सियल इन्स्योरेन्सका पोखरा शाखा प्रमुख राजेश श्रेष्ठले बताए ।

You might also like

Comments are closed.