पोखे्रली लायन्स क्लबहरुद्धारा बृहत स्वास्थ्य शिविर शिविरमा १ हजार ४७ को निशुल्क परिक्षण

पोखरा , २८ पौष ।

पोखराका ८ वटा लायन्स क्लवहरुको आयोजनामा गोर्खाको पालुङटार नगरपालिका वडा नं ५ ठाँटीपोखरी स्थित बालज्योति बोडिङ स्कुलमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा १ हजार ४७ जनाले स्वास्थ्य सेवा लिई लाभान्वित भएका छन ।
लायन्स क्लब अफ पोखरा अन्नपुर्ण, पोखरा गोल्डेन चौतारी, पोखरा गोल्डेन सोसाईटी, पोखरा सुन्दर नगरी, पोखरा डल्फिन, पोखरा लामागौर, पोखरा दर्शन र लायन्स क्लब अफ गोर्खा पालुङटारको संयुक्त आयोजना पोखरा स्वास्थ्य बिज्ञान प्र्रतिष्ठानकोे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि. १ नेपालका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर बसेलले ८४ बर्षिय लेखनाथ देवकोटालाई प्रेस्किृप्सन हस्तान्तरण गरि बृहत स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि बसेलले जहाँ आवश्यकता त्यहा लायन्सको भावना अनुरुप लायन्स क्लबले स्वास्थ्यको पहुँच नपुगेको ठाँउमा मानविय सेवाका कार्य गर्दै आएकोे बताए।

कार्यक्रममा डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, डिष्ट्रिक्ट एडभाइजर किशोर बराल, रिजन चेयरपर्सन नविन भण्डारी, लायन्स क्लब अफ पोखरा अन्नपुणर््ाका अध्यक्ष दिनेश तुलाचन, गोल्डेन चौतारीका अध्यक्ष खेमराज बराल, गोल्डेन सोसाईटीका निर्मला आचार्य, सुन्दर नगरीका शोभाखर भण्डारी, डल्फिनका उमेशचन्द्र देवकोटा, लामाचौरका सञ्जय लामा, दर्शनका सञ्जु भण्डारी र लायन्स क्लब अफ गोर्खा पालुङटाका अध्यक्ष तेजु गिरी लगायतले स्वास्थ्य शिविर अति आवश्यक वर्गलाई लक्षित गरी आयोजना गरिएको हुँदा सेवा लिई लाभान्वित हुन हुन स्थानियबासीलाई अनुरोध गरेका थिए ।
शिविरमा मुटुरोग बिशेषज्ञ आशिष त्रिपाठी लगाएतका अन्य डाक्टरहरुद्धारा मुटुरोग, सुगर, थाईरोईड, पेट तथा छाती, नाक कान तथा घाटी लगायतको निशुल्क परिक्षण गरि औषधी वितरण गरिएको थियो ।

You might also like

Comments are closed.