पौडेललाई व्यास पराशर पत्रकारिता पुरस्कार

दमौली, १० चैत ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाद्वारा सञ्चालित र व्यास–४ निवासी भाग्यशाली ढुंगानाद्वारा स्थापित टिकानीधि ढुंगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।

शनिबार बन्दिपुरमा सम्पन्न शाखाको बैठकले १० हजार रुपैयाँ राशीको उक्त पुरस्कार पौडेललाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार व्यास जयन्तीको अवसरमा प्रदान गरिनेछ ।

लोकवाणी दैनिकका प्रधान सम्पादक समेत रहेका पौडेलले यसअघि शाखाद्वारा सञ्चालित रणध्वज पुरस्कार समेत प्राप्त गरिसकेका छन् । व्यास र पराशर क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारबाट ऋषिराम पोख्रेल, डम्बर अधिकारी र बसन्त कंडेल पुरस्कृत भइसकेका छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...