पौडेल र परियारलाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

आर्थिक आवाज
पोखरा, १० जेठ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो पहिलो पुरस्कार हो ।
अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न यसैवर्षदेखि यो पुरस्कार स्थापना गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए ।

समितिको शुक्रबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय पौडेल र परियारलाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । विगत १३ वर्षदेखि पत्रकारितामा क्रियाशील पौडेल राससकर्मी हुन् भने विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील परियार कान्तिपुरकर्मी हुन् ।

यसअघि समितिले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहाकार यमनाथ सापकोटा र समितिका अध्यक्ष ललित गुरुङ सदस्य रहेका थिए । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक गुरुङले बताए । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति स्थापना भएपछि विभिन्न सञ्चार माध्यमबाट प्रसारित÷प्रकाशित समाचारको मौलिकता र सिर्जनात्मकता आदिका आधारमा मूल्याङ्कन गरी प्रतिभा छनौट गरिएको संयोजक गुरुङको भनाई छ ।

छनौट भएका प्रतिभालाई यही जेष्ठ १७ गते हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समुद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने कार्यक्रम तय गरिएको महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले जानकारी दिए । जेष्ठ १७ देखि २० गतेसम्म हुने महोत्वसको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन रहनेछ । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ«े आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, बम्बो, भनुवा, सिनुवा, छोम्रोङ, दुरवीनडाँडा, घुर्जङ, चुइँले, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुक आएर सकिनेछ । महोत्सवमा विविधि खेलकूद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.