प्याराग्लाइडिङमा चिल पस्दा दुर्घटना

आर्थिक आवाज
पोखरा, २१ माघ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । महानगरपालिका वडा नं. १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङको ग्लाइडर भित्र अचानक चिल पस्न गई अनियन्त्रित हुँदा उक्त प्यारागलाइडिङ सोही स्थान स्थित २५ फिट अग्लो दमौराको रुखमा अड्किएको हो ।

प्याराग्लाइडिङका चालक पोखरा महानरपालिका ७ जरेबर बस्ने वर्ष अन्दाजी ३२÷३३ का विजय दाहाललाई सकुसल उद्दार गरिएको प्रहरीले जनाएकोछ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...