प्याराग्लाइडिङको परिक्षण उडान सफल

तनहुँ, १० चैत

व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यता बारे व्यास ११ को सिद्धि डाँडाबाट गरिएको परिक्षण उडान सफल भएको छ । ३ जना पाइलटद्धारा ५ टेण्डम फलाइट सिद्धिडाँडावाट टेकअफ गरी फराकचौरमा ल्याण्ड गरिएको हो । पहिलो फ्लाइटमा वडा अध्यक्ष निर बहादुर खड्काले उडेर उद्घाटन गरे ।

प्याराग्लाडिड बारेको छलफलमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले पोखरामा अन्तराष्टिय विमानस्थल सञ्चालनमा आए पछि पोखराको प्याराग्लाडिड स्थानान्तरण हुने भएकाले व्यास नगरमा सम्भावना खोजिएको बताए । वडाध्यक्ष निर बहादुर खड्काले पर्यटकिय क्षेत्रको पर्यटन प्रर्वद्धनमा वडाले काम गर्ने बताए ।

त्यस्तै, छलफलमा वोल्दै वडा नं ३ का सदस्य रबिन पौडेलले व्यास नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाले त्यस्को सुरुवात स्वरुप प्याराग्लाडिडको अध्ययन गरिएको बताए । नागरिक उड्डयनले उडान अनुमति दिएको खण्डमा नीजि कम्पनी व्यवसायिक उडानका लागि तयार भएको पौडेलको भनाई थियो ।

परिक्षण उडान पछि परिक्षण सफल भएको बताउदै पाइलट तथा विज्ञ शंकर पराजुलिले उक्त स्थान हावाको चाप र अन्य भौगोलिक हिसावले प्याराग्लाडिडका लागि उपयुक्त भएको बताए । पराजुलिका अनुसार यस स्थान प्याराग्लाडिड उडान तथा प्रशिक्षण दुवैका लागि उपयुक्त भएको बताए ।

प्याराग्लाडिडको परिक्षण उडानका लागि सहजिकरण गरेका हरि सिग्देलले टेक अफ गर्ने स्थान रहेको र नगरपालिका वा वडाले ल्याण्ड गर्ने जमिनको व्यवस्थापन गर्न सके व्यास ११ मा व्यवसायिक उडान सम्भव रहेको बताए  उडानको व्यवस्था टिम फाइभ प्याराग्लाडिड नेपालले पोखराले गरेको थियो ।

You might also like

Comments are closed.