प्याराडिसोमा गायक सबिन राईको विशेष प्रस्तुति रहने

आर्थिक आवाज
पोखरा, ३ माघ । पप गायक सबिन राई शुक्रबार पोखरेली स्टेजमा उभिने भएका छन् । खुकुरी रमले उनलाई पोखरेली स्टेजमा उभ्याउने भएको हो । प्याराडिसो स्पोर्टस बार लेकसाइडमा उनी आफ्ना दर्जन बढी गीत लिएर उभिन लागेको लन्जबारका म्यानेजर हरि पौडेलले जानकारी दिए । शुक्रबार साँझदेखि रातिसम्म चल्ने पौडेलले जानकारी दिए ।

लोकप्रिय कलाकारको प्रस्तुती रहने भएकाले पनि उक्त अवसरमा उत्साहजनक उपस्थितिको अपेक्षा गरिएको रेस्टुरेन्टका सञ्चालक गोपि भट्टराईले बताए । ‘योङ स्टारहरुलाई टार्गेट गरेर प्रोग्रामको आयोजना गरिएको छ,’ उनले भने, ‘प्रोग्राम सफल रहनेमा हामी पूर्ण विश्वस्त छौं ।’ सबिनसँगै पार्टीमा डिजे आशिष र अन्य स्थानीय कलाकारले साथ दिनेछन् ।

You might also like

Comments are closed.