प्याराडिसो स्पोर्टस् बारमा भ्यालेन्टाइन विशेष सांगीतिक कार्यक्रम

पोखरा, १ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रणय दिवसको अवसर पारेर पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा नेपालको प्रसिद्ध रक व्याण्ड कब्वेबका साथ अन्य विशेष कार्यक्रमको आयोजना गरेको छ ।

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विशेष बनाउन विशेष कार्यक्रमको आयोजना गरेको हो । बुधबार साँझ हुने कार्यक्रममा कपल पार्टी हुने प्याराडिसो स्पोट बार एण्ड ग्रिलका म्यानेजर हरि पौडेलले जानकारी दिए । उनले नेपाली युवाहरु माझ पनि पछिल्लो समय प्रणय दिवस लोकप्रिय बन्दै गएको बताउँदै युवायुवती अझ विशेष बनाउन कार्यक्रम आयोजना गरेको बताए । उनले जोडी र युवतीलाई प्रबेश शुल्क नलाग्ने बताए ।

२५ वर्षीय चर्चित रक कब्वेब व्याण्डले हिट रक एल्वमहरु, मसिडिज बेन्ज, रोलिङ स्ट्रिङ, रक एण्ड रोल, स्विङ जस्ता चर्चित एल्वमहरुका गीत गाउने छ । डिजे भ्यालेन्टाइन, डिजे लभ र सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुति रहने उनले जानकारी दिए । साँझ ७ बजेदेखि सुरु हुने पार्टी रातीसम्म चल्लेछ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेका लागि चर्चित रहको छ ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुद प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको उनले जानकारी दिए ।

बारमा जन्मदिन, म्यारिज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विशेष व्यवस्था मिलाएको उनले बताए । बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगायतका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए । ‘प्रणय दिवसको अवसरको कार्यक्रम पछि राती रियल म्याडिड र पिएसजी बिच खेल समेत देखाइनेछ,’ उनले भने ।

You might also like

Comments are closed.