आर्थिक आवाज
पोखरा, १५ पुस
पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टज वारले पनि न्यू इयर स्पेसल कार्यक्रम गर्ने भएको छ । न्यू इयर इभको दिन चर्चित डिजे र व्याण्डले लाइभ प्रस्तुती राख्ने प्याराडिसो स्पोर्टस वारका सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार डिसेम्बर ३१ अर्थात न्यू इयर इभको दिन साँझ ६ः३० बजेबाट शुरु हुने कार्यक्रम मध्यरातसम्मै जारी रहनेछ ।

हामीसँग पार्टीमा आउनुहोस र फुड, ड्रिङ्क्स र म्यूजिक सुनेर जीवनमा फरक अनुभूति गर्नुहोस भन्ने नारासहित प्याराडिसोले कार्यक्रम गर्न लागेको हो ।
Comments are closed.