प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा परीक्षण

पोखरा १३ फागुन ।

पोखरा महानगरपालिका शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर सम्वन्धि सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गदै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनर महिलाको स्वाथ्यका विषयमा गम्भिर रहेको बताएकी छन् । महिलालाई प्राथमिकता दिएर कार्यक्रमम गरेको बताइन् । उनले पहिलो सेवाग्राहीलाई कार्ड दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

उनले मानिसको सवैभन्दा ठूलो धन स्वास्थ्य भएको बताउदै मानिस सफल हुन र परिवार सुखी हुन् स्वास्थ्य महत्वपूर्ण हुने बताइन् । उनले महिलाहरुले पाठेघरको रोग लुकाउने र खुलेर नभन्ने कारण धेरैले ज्यान गुमाउनु परेको बताइन् । डा.प्रेमराज पंगेनीले पाठेघरको मुखको क्यान्सर हुने बारे १० वर्ष अगाडीनै जानकारी दिन सकिने बताउदै पहिल्यै परिक्षण गर्नुपर्ने बताए । पाठेघरको मुखको क्यान्स हुने नहुने पहिल्यै पहिचान गर्न सकिन्छ, त्यसैले लाग्नु भन्दा पहिल्यै रोक्नुपर्छ ।

वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षमा भएको कार्यक्रममा वडा नम्वर ९ का कार्यबाहक अध्यक्ष नन्दराम गिरी, महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, स्वास्थ्य महाशाखा नर्सिङ कविता पौडेल, शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत नवराज पौडेल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.