प्रजू प्यानलद्वारा मनोनयन दर्ता, उत्साहित रहेको प्रतिक्रिया

आर्थिक आवाज
पोखरा, २५ भदौ । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी रवीन्द्रबहादुर प्रजूले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । दिउसो २ बजे चिप्लेढुङगाबाट ¥यालीसहित संंघको कार्यालय गैह्रापाटन पुगी उनले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पछि प्रतिक्रिया दिँदै प्रजूले सम्पूर्ण व्यवसायीको भावना अनुसार आफूले अध्यक्षमा उम्मेदवारी दर्ता गरेको प्रतिक्रिया दिए । ‘उद्योगी व्यवसायीबाट प्राप्त साथ र मायाले मलाई उत्साहित बनाएको छ,’ उनले भने ।

प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला, वाणिज्य उपाध्यक्षमा पवन प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चीनु गुरुङले उम्मेदवारी दिएका छन् । प्रजू प्यानलबाट सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्ँतोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दीनेश बास्तोला, शोभा गौतम, रामेश्वर प्रसाद अधिकारी, रामप्रसाद गौतमले उम्मेदवारी दिएका छन् ।

चार जना निर्वाचित हुनुपर्ने बस्तुगत सदस्यमा प्रजू प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ताले उम्मेदवारी दिएका छन् ।

संघको महाधिवेशन असोज ५ र ६ गते हुँदैछ । मंगलबार उम्मेदवार माथि दावी विरोधको समय राखिएको छ भने २८ गते दिउसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । मंगलबार दिउसो ३ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम छ । ३ हजार ३ सय ७७ जना उद्योगी व्यवसायीले महाधिवेशनमा मतदान गर्नेछन् ।

You might also like

Comments are closed.