प्रजू प्यानलमा घुसाइएका सुबेदी र लुइटेलको अपिल : हामी दामु प्यानलमै छौं, भ्रममा नपर्नुहोस्

पोखरा, ६ असोज । समावेशी व्यवसायी समूहका नगेन्द्रप्रसाद सुबेदी र रुद्रप्रसाद लुइटेलले रबिन्द्रबहादुर प्रजू प्यानलमा आफूहरुलाई राखेको प्रति आपत्ति जनाएका छन् । दाबी बिरोध परेपछि २ खुल्ला सदस्यको उम्मेद्वारी खारेज भएकाले प्रजू प्यानलले गएराती सुबेदी र लुइटेलको नाम राखेर प्यानल लिष्ट सार्वजनिक गरेको थियो । तर दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहका सुबेदी र लुइटेलले आफूहरु प्रजू प्यानलमा नरहेको जनाउँदै आफूहरु दामु प्यानलमै रहेको स्पष्ट पारेका हुन् । उनीहरुले दामु प्यानललाई मत दिएर बिजयी गराउन उद्योगी÷व्यवसायीलाई अपिलसमेत गरेका छन् ।

यसअघी अनुभवी भनेर प्रचार गरिएको प्रजू प्यानलले संघको सदस्यता लिएको २ वर्ष नपुग्दै उम्मेद्वार बनाएर अपरिपक्व निर्णय गर्दा प्रजू प्यानल समस्यामा परेको छ । खुल्ला सदस्यमा १० जना चाहिनेमा प्रजू प्यानलमा ८ जना मात्रै उम्मेद्वार भएपछि सो प्यानलले चलाखी गर्दै प्रतिष्पर्धी प्यानलमा रहेका २ सदस्यको नाम आफ्नो प्यानलमा घुसाएको हो । ब्यबसायीले खुल्ला सदस्यमा १० जनालाई मतदान गर्नैपर्ने प्रावधानका कारण प्रजू प्यानलसहित उसका समर्थकले समावेशी व्यवसायी प्यानलमा रहेका उम्मेद्वार २ जनालाई अनिवार्य मतदान गर्नैपर्ने बाध्यता छ ।

You might also like

Comments are closed.