प्रतिक अफसेटमा नयाँ प्रविधीको डिजिटल प्रिन्ट

पोखरा, १५ बैशाख

प्रतिक अफसेट प्रेसले छरितो छपाइका लागि डिजिटल मेशिन भित्र्याएको छ । आफ्नो स्थापनाको २० औं बार्षिकोत्सवको सन्दर्भमा अफसेटले ५० लाख मुल्य वरावरको डिजिटल मेशिन भित्राएको हो । डिजिटल मेशिनबाट आफ्नो फोटो सहितको मायाको चिनो छपाइ गरि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सेवाको शुभारम्भ गरेका हुन् ।

मेसिनबाट छितो छरितो रुपमा काम गर्न सकिने अफसेटका सञ्चालक पदमलाल श्रेष्ठले बताए । बजार र समयको माग अनुरुप रंगिन छपाइका लागि डिजिटल मेशिन ल्याउनु परेको उनको भनाइ छ । २० बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा अफसेटमा करिब १ दशक देखि कार्यरत मेसिन अपरेटर विरध्वज गुरुङलाई दोसल्ला, प्रमाणपत्र तथा नगद ५ हजारले सम्मान गरिएको थियो ।

jutta mela

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले छपाइका अत्याधुनिक प्रविधी पोखरामा भित्रिएसंगै छपाइका लागि पोखरा बाहिर जानु नपर्नेमा जोड दिए । मुद्रण उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष देविप्रसाद अर्यालले छपाइ व्यवसायमा प्रतिस्पर्धा रहेकोले भारतबाट आउने तयारी छपाइको तुलना कच्चा पद्धार्थमा लाग्ने करका कारण महङ्गो पर्न जाने हुँदा कच्चापद्धार्थमा लाग्ने कर प्रति सरकारले विचार गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष बद्रिविनोद प्रतिक, मुद्रण उद्योग संघ गण्डकीका अध्यक्ष महेन्द्र बजिमय लगायतले बोलेका थिए । सो अवसरमा डिजिटल मेशिनबाट तयार पारिएको परिवारको फोटो सहितको क्यालेण्डर गोर्खा मिलन समाजका अध्यक्ष तिलक तिवारीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अनिशा श्रेष्ठले गरेकी थिईन् ।

You might also like

Comments are closed.