प्रतिनिधिसभा सांसद रविन्द्र अधिकारीले गरे पक्की पुलको उद्घाटन

पोखरा, २४ पुस । प्रतिनिधिसभाका सांसद रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं . ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदी माथि वनेको पक्की पुलको सोमवार उद्घाटन गरेका छन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल रु .एक करोड ६० लाख ८९ हजार ८५६ ।– को लागतमा सो पक्की पुल निर्माण गरिएको हो ।
कुल लम्वाई २९ .९ मिटर लम्वाई र सात मिटर चौडाई रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको थियो ।


पुल निर्माणसंगै महानगरपालिकाको वडा नं . ७,९,१४,१५ र १७ का स्थानीय जनतालाई आवागमनमा सुविधा पुगेको छ ।
पक्की पुलको उद्घाटनपछि वोल्दै सांसद अधिकारीले निर्वाचनपछि वामगठवन्धनले पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेको र सो अवधिमा वामगठवन्धनको सरकारले राम्रो काम गरे अर्को पटकको निर्वाचनमा निरन्तरता पाउने तथा राम्रो काम नगरे हराउनु पर्ने विचार व्यक्त गरे ।
प्रदेशसभाका सदस्य कृष्ण थापाले राजनैतिक क्रान्ति सकिएकोले अव विकास र आर्थिक सम्वृद्धि गर्ने क्रान्तिको युग भएकोले यसको लागि नेपाली जनतालाई सुख र शान्ति दिन सवै जनप्रतिनिधि अगाडि वढ्नु पर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक वैन वहादुर क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी,स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठ, वडाध्यक्षहरु प्रकाश पौडेल, रामचन्द्र वराल, जिल्ला ईन्जिनियर नारायण वराल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.