प्रतिपक्ष दलका नेतासँग जापानी मन्त्रीले किन भेटेनन् ?

काठमाडौं, २७ पोखरा । दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले आवश्यकता महसुस गरेनन्, यो विषयमा सरकार पक्ष अनभिज्ञ छ । प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वाभाविक हो ।

You might also like

Comments are closed.