प्रतिभा मा.वि. पोखराद्वारा बाढी तथा पहिरो पीडितलाई सहयोग

पोखरा । पोखरामा रहेको प्रतिभा मा.वि.ले बाढी पहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । म्याग्दीको मराङ, बिम र ताकमका बाढी पहिरो पीडितलाई ५० हजार रुपैयाँ सहयोग गरिएको विद्यालयका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व वहन गर्दै महामारी तथा विपत्तिको समयमा विद्यालयले विभिन्न स्थानमा सहयोग गर्दै आइरहेको प्रतिभा माविका डाइरेक्टर कोअर्डिनेटर किरण सापकोटाले जानकारी दिए ।

पोखराको प्रतिष्ठित विद्यालय प्रतिभा मावि ३४ वर्षदेखि सञ्चालनमा छ । इन्जिनियरिङ र मेडिकल साइन्स अध्ययन गर्नका लागि सजिलो होस भनेर कक्षा ११ र १२ मा एम्सिच्युट (मल्टिपल च्वाइस क्वोइसन्स) तयारी कक्षासमेत हुन्छ । प्रतिभा मावि आइएसओ सर्टिझाइड विद्यालय हो ।

गत वर्ष कक्षा १२ को नतिजामा ३.९२ जिपिएसहित प्रतिभा विद्यालयका सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् ।

You might also like

Comments are closed.