प्रथम कास्कीकोट चैते दशै महोत्सव हुने

पोखरा १७ चैत्र
ऐतिहासीक पौराणीक तथा धार्मिक स्थल संरक्षण र प्रर्वद्धन गर्न कास्कीकोटमा प्रथम चैते दशै महोत्सवको हुने भएको छ । यही चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने महोत्सवको बारेमा आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रदेश सरकारले घोषणा गरेको आन्तरीक पर्यटन वर्ष सगै कास्कीकोटमा ५० हजार पर्यटक भित्राउने उद्देश्यले पोखरा महानगरपालिका–२४ले महोत्सव आयोजना गरेको वडा अध्यक्ष ओमप्रसाद सुवेदीले वताए ।

महोत्सवमा नेपालकै सवार्धिक राशीको खुल्ला भजन चुट्का प्रतियोगीता ,कास्कीकोट स्तरीय कास्कीकोट भलिवल कप प्रतियोगिता ,कृषि तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता ,खुल्ला कविता प्रतियोगीता, म्युजीकल चियर, रस्साकसी, छेलो हान्ने, हाफ म्याराधुन प्रतियोगीता, लोपउन्मुख सरुन खेलको प्रर्दशन ,नौमती तथा पञ्चेवाजा प्रर्दशन , राष्टिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुति, विभन्नि सांस्कृतिक झाकी लगायत विविध कार्यक्रमहरुको आयोजना गरीएको सुवेदीले जानकारी दिए ।

महोत्सवको अनुमानित खर्च १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ । चैते दशै महोत्सव व्यवस्थापन गर्न २६ वटा उपसमिती निमार्ण गरीएको महानगरपालिका कार्यापालिका सदस्य सन्तु सवेदीले बताइन् । कास्कीकोट गुप्तकालीका मन्दीरमा प्राय ठुलो दशै र चैते दशैमा धेरै वर्ष अगाडी देखी मेला हुदै आइरहेको छ ।

You might also like

Comments are closed.