पोखरा, १२ फागुन ।
पोखरा–३१ वेगनासताल किनारमा आईतवार देखि सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । सभ्यता र संस्कृतिका लागि खेलकुदू भन्ने उद्देश्यका साथ वेगनास युवा क्लवले पहिलो पटक फुटबल आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मान वहादुर जिसिले खेलकुदको विकासका लागि महानगर सधै तयार रहेको वताए । वेगनास युवा क्लवले गरेको हरेक कार्यमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरे ।
त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्र कुमार वस्यालले युवा हरुलाई सहि वाटो तर्फ लैजानका लागि यस्ता प्रतियोगिता फलदायी हुने वताए । कार्यक्रममा ईप्रका प्रमुख चित्राङत वराल, वडा नं ३१ का वडाध्यक्ष कमल थापा लगायत बोलेका थिए।

उद्घाटन खेलमा आयोजक बेगनास बि समुहले पहिलो जित दर्ता गरेको थियो । सिर्जना वहिरा मावी लाई पेनाल्टी सुटआउटमा ८(७ को कठिन जित निकालेको हो।
त्यस्तै दोश्रो खेलमा लामा गाउँ बि समुहले प्रगती फुटबल क्लव कास्कीकोट लाई १(२ को जित निकालेको थियो। पहिलो हाफको नतिजा वरावर भएको थियो। दोश्रो हाफमा प्रगतीले मौका गुमाउँदा हार वेहोरेको थियो। तेश्रो खेलमा बाराही बेगनास लाई आयोजक वेगनास टिम सि ले १(० गोल अन्तरले पराजित गरेको हो। सोमबार बिहान ९ वजे देखि सुरु हुने प्रतिस्पर्धामा ७ खेल प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएक छन्।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५सय ५५ त्यस्तै उपविजेताले रु ५५ हजार ५सय ५५ र तेश्रो हुनेले रु १५ हजार ५सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८हजार, उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोल रक्षकले जनही रु. ५हजार प्राप्त गर्नेछन् ।
Comments are closed.