पोखरा, ८ फागुन ।
फागुन १२ गते देखि वेगनासताल किनारमा सेभेन ए साईड फुटवल हुने भएको छ। ्सभ्यता र संस्कृतिका लागि खेलकुद् भन्ने उद्देश्यका साथ क्लवले पहिलो पटक फुटबल प्रतियोगिता गर्न लागेको वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हिन्दुहरुको पर्व महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटवलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन ।
प्रथम “सेभेन ए साईड” वेगनास कप विजेता टोलिले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो हुनेले रु १५हजार ५सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
साथै उत्कृष्ट खेलाडीले रु ८हजार, उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोल रक्षकले जनही रु ५ हजार प्राप्त गर्नेछन । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता संचालन गर्नका लागि अनुमानित रु ८ लाख ५० हजार लाग्ने र करिब रु ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका वडा नं ३१ कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन, भिजन एन्ड भ्यालु ओभरसिज काठमाडौं, वेगनासताल वस संचालक समिती, वेगनासताल डुङ्गा व्यवसायी समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, वेगनासताल महिला समूह, वेगनासताल मत्स्य व्यवसायी समिती तथा स्थानीयहरुको सहयोग रहेको जनाइएको छ ।
वेगनासताल बाँध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिम सहभागी हुने अनुमान गरिएको क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिएका छन ।